images
images

सुनको भाउ तोलाको एक लाख नाघ्यो

  • २३ मंसिर २०७९, शुक्रबार १५:०९

काठमाडौं । पछिल्लो केही दिन यता लगातार बढेको सुनको भाउ आज पनि बढेको छ ।

सुनको भाउ तोलामा एक लाख नाघेको हो । लगातार बढेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।