images
images

प्रदेशको समानुपातिकतर्फ एकिकृत समाजवादीलाई जम्मा ९ सिट

  • २३ मंसिर २०७९, शुक्रबार १८:२०

काठमाडौं । नेकपा एकिकृत समाजवादीले समानुपातिकतर्फ सात प्रदेशमा जम्मा ९ सिट पाएको छ ।

प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकिकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी ९ सिट पाएको हो । प्रदेश १ मा ५५ हजार ९ सय ५७ मत ल्याएको नेकपा एसले एक सिट पाएको छ भने मधेस प्रदेशमा १ लाख १३ हजार ९ सय १५ मत पाएको उसले सबैभन्दा धेरै तीन सिट पाएको छ । यस्तै बागमती प्रदेशमा ६९ हजार ८ सय ४६ मत पाएको नेकपा एसले दुई सिट पाएको छ । यो कुल सदर मतको ३ दशलमव ७४ प्रतिशत हो ।

गण्डकी प्रदेशमा नेकपा एसले थ्रेस होल्ड कटाएपनि सिट पाउन सकेको छैन भने लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा एक–एक सिटमा चित्त बुझाउनुपरेको छ । प्रतिनिधिसभातर्फ समानुपातिमा नेकपा एकिकृत समाजवादीले २ लाख ९८ हजार ३ सय ९१ मत पाएको थियो । प्रतिनिधिसभाको कुद मतमध्ये तीन प्रतिशत पु¥याउन नसकेपछि यो पार्टीले प्रतिनिधिसभा समानुपातिकमा एक सिट पनि पाउन सकेको छैन । तर नेकपा एसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ ।