images
images

दोलखाका प्रमुख कोष नियन्त्रक सहित लेखा समुहका ५०८ जना कर्मचारीको सरुवा (विवरण)

  • २३ मंसिर २०८०, शनिबार ०६:२७

दोलखा । महालेखा नियन्त्रक कार्यालयले दोलखाका एक सहित लेखा समुहका ५ सय ८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले ३४ जना प्रमुख कोष नियन्त्रक र उपलेखा नियन्त्रक, १ सय २२ जना शाखा अधिकृत र ३ सय ५२ जना लेखापाल गरेर ५ सय ८ जना लेखा समुहका कर्मचारीको सरुवा गरेको हो । जसअनुसार दोलखाका प्रमुख कोष नियन्त्रक मूरारी निरौलाको पनि सरुवा भएको छ । निरौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौंमा सरुवा भएको छ ।

यसअघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखामा लेखा समुहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।