images
images

गोकुलगंगाका एक वृद्ध खिम्ती खोलामा मृत फेला

  • २३ मंसिर २०८०, शनिबार १७:०२

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् ।

गोकुलगंगा गाउँपालिका–३ छहरेस्थित खिम्ती खोलामा स्थानीय ७५ वर्षिय खड्क बहादुर सुनुवार मृत अवस्थामा फेला परेका हुन् । केही दिन अघि घरबाट निस्किएका उनी आज बिहान करिब साँढे ११ बजे खिम्ती खोलामा मृत भेटिएको रामेछापका प्रहरी निरिक्षक (इन्ष्पेक्टर) रञ्जन कुमार गिरीले जानकारी दिनुभयो । सुनुवारको शवलाई पोष्टमार्टमको लागी मन्थली अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक गिरीले बताउनुभयो ।