images
images

सिन्धुपाल्चोकमा गुडिरहेको बोलेरोबाट लडेर युवकको मृत्यु

  • २३ मंसिर २०८०, शनिबार १८:०६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गुडिरहेको बोलेरोबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका–९ जामिरेका ३५ वर्षीय भिमसेन विश्वकर्माको बोलेरोबाट लडेर आज मृत्यु भएको हो । मेलम्ची नगरपालिका–११ खानेपानीस्थित सडकखण्डमा बा ७ च ५९७९ नम्बरको गुडिरहेको बोलेरोबाट लडेर विश्वकर्मा गम्भिर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज अत्तरखेल काठमाडौ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।