जिरी (दोलखा) । इलाका प्रहरी कार्यालय जिरीले नागरिक सुनुवाई कार्यक्रम गरी नागरिकको सुरक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल गरेको छ ।
दोलखाको जिरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय जिरीले आज नागरिक सुनुवाई गरी नागरिकका गुनासो सम्बोधन र शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरीले गर्ने भूमिकाको विषयमा छलफल गरेको हो । जिरी नगरपालिका–६ का वडा अध्यक्ष मरिज बहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा केही नागरिकहरुले आफ्ना गुनासो राखेका थिए भने इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक शरण मर्हजनले नागरिकका गुनासोलाई सुनुवाई गर्दै शान्ति शुरक्षा र अमनचयन कायम गर्न आफुहरु लागि पर्ने प्रतिक्रिया दिनुभयो । कार्यक्रममा जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ र युवा सञ्जाल जिरीका सचिव इश्वर कार्की लगायतले जिरी पर्यटकीय केन्द्र भएकोले होटल व्यवसाय राती तोकिएको समय भन्दा थप समय खोल्न पाउनुपर्ने पाउनुपर्ने माग गरेका छन् ।
नागरिक सुनुवाई कार्यक्रममा जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, नेकपा एमाले जिरी नगर कमिटिका अध्यक्ष केशव कुमार कार्की लगायत स्थानीय नागरिकहरुको सहभागीता थियो ।












