images
images

हिउँदयाममा वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागको अनुमान

  • २४ मंसिर २०८१, सोमबार १२:५२

काठमाडौं । यो वर्षको हिउँदयाममा वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

विभागले मंसिर १६ देखि फागुन १६ गतेसम्म वर्षा कम हुने अनुमान गरेको हो । हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै आगामी तीन महिना कम पानी पर्ने विभागले जनाएको छ । यसअघि असोज १५ देखि पुस १६ गतेसम्म देशभरका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको थियो ।

अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको हो । बागमती प्रदेश, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग पनि ४५ देखि ५५ प्रतिशत वर्षा हुने विभागले उल्लेख गरेको छ ।