काभ्रेपाल्चोक । काभ्रेपाल्चोकबाट आधा किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।
काभ्रेपाल्चोकको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ परेको हो । रोशी गाउँपालिका–९ बस्दै आएका ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्दै आएका २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको काभ्रेपाल्चोक प्रहरीले जनाएको छ ।
काठमाडौंबाट बनेपा तर्फ आउँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा प्रहरीले सो सुन बरामद गरेको थियो । कार चालक लामा र श्रेष्ठलाई हिजो साँझा काभ्रेबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।