जिरी । दोलखाको जिरी नगरपालिकामा मावी स्तरिय विज्ञान समाग्री प्रर्दशनी गरिएको छ ।
जिरी नगरपालिकाको आयोजनामा जिरी माध्यमिक विद्यालयमा प्रदर्शनी गरिएको हो । विज्ञान प्रर्दशनीमा जिरीका ५ वटा माविले सहभागीता जनाएका छन् । विज्ञान प्रदर्शनीमा सरस्वती सामुदायिक विद्यालय प्रथम, जिरी मावि द्धितिय र ढुंगेशवरी मावि तृतिय भएको छ । प्रर्दशनीमा जिरी मावि, सरस्वती सामुदायिक विद्यालय, ढुंगेश्वरी मावि, वौद्ध भुवनेश्वरी मावि र गर्जाढुंगा मावी सहभागी थिए ।
प्रदर्शनीमा ५ वटै माविका विद्यार्थीहरुले विज्ञानसँग सम्बन्धीत डेमो प्रदर्शन गरेका थिए । प्रदशनीको जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रमुख प्रशासकिय अधिकृत राजकुमारी खत्रीलगायतले अवलोकन गरेका थिए । उत्कृष्ट हुन सफल विद्यालयलाई नगद सहित पुरस्कृत गरिएको छ।



हाम्रो अपडेट 






