images
images

एमाले सिन्धुलीको अध्यक्षमा कार्की निर्वाचित

  • २६ पुष २०७८, सोमबार ०१:५६

काठमाडौं । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमार बहादुर कार्की विजयी भएका छन् ।

आज विहान सम्पन्न मतगणना अनुसार कार्कीले निकटतम प्रतिद्धन्द्धी प्रदिप कुमार कटुवाललाई पराजित गर्दै ४ सय ८८ मतसहित विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा कर्णबहादुर घिसिङ ४ सय ४९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी विनोद कुमार खड्काले ४ सय ४ मत प्राप्त गरेका थिए । सचिवमा नारायण बराल निर्विरोध निर्वाचित भएका छन् । उपसचिवमा रश्मिला देवकोटाले ४ सय ६५ र मञ्जु देवकोटाले ४ सय ४५ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।