images
images

बागमती प्रदेशमा मुख्यन्यायधिवक्ता नियुक्त, मुख्यन्यायधिशले गराए सपथ

  • २६ पुष २०७८, सोमबार १०:१०

हेटौंडा । वागमती प्रदेशको मुख्य न्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १ सय ६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ हटियाका श्रेष्ठलाई आजै उच्च अदालत पाटनका मुख्यन्यायधिश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ गराएका छन् ।