images
images

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ र सचिवमा थोकर विजयी

  • २६ पुष २०७८, सोमबार १४:१२

दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नरवहादुर श्रेष्ठ बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी भरत दुलाललाई भारी मत अन्तरले पराजित गर्दै श्रेष्ठ बिजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले ५०९ मत र प्रत्यासी दुलालले २८४ मत पाएका छन् । अध्यक्षमा बिजयी नेता श्रेष्ठ एमाले पोलिट्व्यूरो सदस्य पार्वत गुरुङ निकट मानिन्छन् । निर्वाचन पूर्व श्रेष्ठकै नाममा सहमति जुटाउन नेता गुरुङले भरपुर प्रयास गरेका थिए । तर, अध्यक्षका प्रत्यासी दुलालले श्रेष्ठलाई समर्थन नगरेपछि निर्वाचन भएको थियो । एमाले दोलखाको जिल्ला उपाध्यक्षमा २७४ मतका साथ राजेन्द्र मानन्धर बिजयी भएका छन् । निकटम प्रतिद्धन्द्धी रोचकुमारी (प्रेमकुमारी) चौंलागाईलाई जम्मा ९ मतले पछि पार्दै मानन्धर उपाध्यक्षमा पदमा निर्वाचित भएका हुन् । हालै मात्र पत्रकारिता क्षेत्र त्यागेर राजनीतिमा होमिएका मानन्धर पनि गुरुङ निकट मानिन्छन् । उपाध्यक्ष पदका अन्य प्रत्यासीहरु कृष्ण बस्नतेले १२५, जानुका न्यौपानेले १२१ र रामवहादुर श्रेष्ठले १३ मत मात्रै पाएका छन् ।

एमाले दोलखाको अध्यक्ष, सचिव र उप–सचिव पदमा निर्वाचित मोक्तान सहित तीनै जना नेताहरु मेलुङ गाउँपालिकाका हुन् । एमाले दोलखाको इतिहासमा पहिलो पटक अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उप–सचिव सहित चार वटै पदाधिकारीमा जनजाति समुदायका नेता बिजयी भएका छन् । एक उप–सचिव पदमा भने क्षेत्रि समुदायमा दुई उम्मेदवारले बराबरी मत पाएका छन् ।

सचिव पदमा लोकप्रिय मतका साथ नेता हिरो थोकर बिजयी भएका छन् । थोकर सचिव पदका अर्का प्रत्यासी होमप्रसाद पाठकलाई भारी मत अन्तरले पछि पार्दै बिजयी भएका हुन् । थोकरले ४९६ र पाठकले २७० मत पाएका छन् । सचिव पदमा निर्वाचित नेता थोकर एमाले पोलिट्व्यूरो सदस्य आनन्दप्रसाद पोखरेल निकट मानिन्छन् । निर्वाचन पूर्व थोकरलाई सचिव पदवाट पछि हट्न दवाव दिएपनि उनी मतदान प्रक्रियावाट बिजयी भएका हुन् ।

यसैगरी उप–सचिव पदमा धर्मेन्द्र मोक्तान बिजयी भएका छन् । उनले २६४ मत पाएका छन् । उप–सचिवकै अर्को पदमा भने दुई जनाले बराबरी मत ल्याएका छन् । नेतृ कमला बस्नेत र सुन्दर कार्कीले समान २२३/२२३ मत ल्याएका छन् । एमाले दोलखाको अध्यक्ष, सचिव र उप–सचिव पदमा निर्वाचित मोक्तान सहित तीनै जना नेताहरु मेलुङ गाउँपालिकाका हुन् । एमाले दोलखाको इतिहासमा पहिलो पटक अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उप–सचिव सहित चार वटै पदाधिकारीमा जनजाति समुदायका नेता बिजयी भएका छन् । एक उप–सचिव पदमा भने क्षेत्रि समुदायमा दुई उम्मेदवारले बराबरी मत पाएका छन् ।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सहित सवै पदाधिकारी र जिल्ला कमिटी सदस्यको अधिकाँश पदमा हिजो निर्वाचन भएको थियो । निर्वाचनमा ८०७ जना प्रतिनिधिले मतदान गरेका थिए ।