images
images

बनेपावाट आएका १३ बिद्यार्थी सहित जिरीमा १८ जनामा कोरोना संक्रमण

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा धमाधम कोरोना संक्रमित फेला पर्न थालेका छन् । कोरोनाको दोश्रो लहरपछि जिल्लामा कोरोना संक्रमित शुन्य रहेका बेला जिरीमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या थपिदै गएको हो ।

एक साताअघि दोलखामै पहिलो पटक जिरीमा एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस २६ गतेसम्म आईपुग्दा जिरी नगरपालिकामा मात्रै १८ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्याँकलाई हेर्दा जिरी नगरमा तिव्र गतिमा कोरोना फैलिईरहेको पुष्टि भएको छ । केही समय अघिसम्म दोलखामा सक्रिय संक्रमितको संख्या शून्य रहेको अवस्थामा जिरीमा तिव्ररुपमा संक्रमण फैलिदा समुदायमा स्तरमै कोरोना फैलिने त्रास पैदा भएको छ ।

सक्रिय संक्रमितमध्ये काभ्रेपलाञ्चोकको बनेपास्थित एक इन्जिनियरिङ कलेजबाट प्रयोगात्मक अभ्यास गर्न आएका १३ जना विद्यार्थीहरु रहेका छन् भने बाँकी ५ जना संक्रमित जिरी नगरपालिकाका स्थानीय हुन् । कोरोना संक्रमण पुष्टि भएका १३ जना बिद्यार्थी बनेपा फर्किसकेको र अन्य स्थानीय संक्रमित होम आइसोलनमा रहेको अनमी जिरेलले बताउनुभयो ।

जिरी नगरपालिकामा पुस १८ देखि पुस २६ गतेसम्मको अवधिमा १८ जना संक्रमित फेला परेका छन्् । पुस २८ गते २ जनामा, पुस २२ गते ५ जनामा, पुस २३ गते ९ जनामा र पुस २६ गते २ जनामा संक्रमण पुष्टि भएको छ । आज जिरी अस्पतालमा ३ जनाको एन्टीजीन परिक्षण गरिएकोमा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिरी अस्पतालका मेडिकल अफिसर सेनेट पोखरेलले जानकारी दिनुभयो । आज थपिएका संक्रमितसँगै जिरी नगरपालिकामा सक्रिय संक्रमितको संख्या १८ पुगेको जिरी नगरपालिकाको स्वास्थ्य शाखाकी अनमी रेनुका जिरेलले जानकारी दिनुभयो ।

सक्रिय संक्रमितमध्ये काभ्रेपलाञ्चोकको बनेपास्थित एक इन्जिनियरिङ कलेजबाट प्रयोगात्मक अभ्यास गर्न आएका १३ जना विद्यार्थीहरु रहेका छन् भने बाँकी ५ जना संक्रमित जिरी नगरपालिकाका स्थानीय हुन् । कोरोना संक्रमण पुष्टि भएका १३ जना बिद्यार्थी बनेपा फर्किसकेको र अन्य स्थानीय संक्रमित होम आइसोलनमा रहेको अनमी जिरेलले बताउनुभयो । जिल्लाबाहिरवाट प्रयोगात्मक अभ्यासकालागि आएका बिद्यार्थीहरुमा एकैसाथ संक्रमण देखिएकाले जिरीमा जिल्ला बारिहवाटै संक्रमण भित्रिएको अनुमान गरिएको छ ।