images
images

बागमती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने

  • २६ पुष २०७९, मंगलवार ०७:३९

काठमाडौँ । बागमती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने भएको छ ।

हिजो मुख्यमन्त्री नियुक्त भएसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागिएको हो । आज मुख्यमन्त्री सँगै दुई मन्त्रीले पनि शपथ ग्रहण गर्दैछन्। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउने कार्यक्रम छ । सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि पद तथा गोपनीयताको शपथ लिनेछन् । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

यस्तै, एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् ।