images
images

बागमतीमा मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए सपथ

  • २६ पुष २०७९, मंगलवार १०:२५

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन् ।

आज बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराएका हुन् । मुख्यमन्त्रीले शपथग्रहण सँगै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने राप्रपाबाट मन्त्री बनेका थापाको जिम्मेवारी तोकिएको छैन ।