images
images

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुदैनौंः देउवा

  • २६ पुष २०७९, मंगलवार १४:१६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताउनुभएको छ।

प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । यद्यपि सरकारलाई विश्वासको मत भने दिने उहाँले बताउनुभयो । विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।