images
images

प्रधानमन्त्री प्रचण्डलाई इतिहासमै सवैभन्दा बढी विश्वासको मत

  • २६ पुष २०७९, मंगलवार १७:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेपालको संसदीय इतिहाँसमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको छ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्राव्धान छ । सोही अनुसार प्रतिधिसभामा आज भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ । विश्वासको मतमा हुन्छ भन्ने पक्षमा २ सय ६८ मत प्राप्त भएको सभामुखको हैसियतमा रहेका जेष्ठ सदस्य पशुपति शंम्शेर जबराले घोषणा गर्नुभयो । मतदानमा २ सय ७० जना सांसद उपस्थित भएकोमा दुई जना सांसदले विपक्षमा मतदान गरेका छन् ।