images
images

सभामुखको निर्वाचन माघ ५ गते हुने

  • २६ पुष २०७९, मंगलवार १७:५८

काठमाडौं । प्रतिनिधिसभा सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ ।

प्रतिनिधिसभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते सभामुखको निर्वाचनको मिती घोषणा गर्नुभएको हो । उहाँले संघीय सचिवालयका महासचिव डा.भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सुचना प्रकाशन गर्न निर्देशन समेत दिनुभएको छ । योसँगै प्रतिनिधिसभाको अर्को बैठक माघ ५ गते बिहान ११ बजे बस्नेगरी सकिएको छ ।