images
images

दोलखाको लामाबगरमा एक शिक्षक मृत फेला

  • २६ पुष २०८१, शुक्रबार ०७:२६

दोलखा । दोलखाको लामाबगरमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

बिगु गाउँपालिका वडा नम्वर २ ओराङ स्थायी घर भएका अन्दाजी ५५ वर्षिय शिक्षक डोरबहादुर तमाङ हिजो बेलुकी विद्यालय नजिकै मृत फेला परेका हुन् । तमाङ बिगु गाउँपालिका १ लामावगरमा रहेको ठाडी देउलाङ आधारभूत विद्यालयका शिक्षक हुन् ।

शिक्षक तमाङ ओराङबाट दैनिक घोडा चढेर विद्यालय जाने गरेका थिए । हिजो पनि घोडा चढेर विद्यालय पुगि घर फर्किएका शिक्षक तमाङ विद्यालयबाट करिब ५०० मिटर टाढा रहेको ताम्चेत भन्ने स्थानमा मृत फेला परेका हुन् । उनले चढ्ने घोडा भने जीवितै फेला परेको छ ।

साँझ अवेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शिक्षक तमाङ मृत अवस्थामा फेला परेका हुन् । उनी प्रेसरको रोगी रहेको र घोडा चढेकै अवस्थामा हृदयघात भएर लडी मृत्यु भएको हुन सक्ने परिवारजनले बताएका छन् ।

मृतक तामाङको शरीरमा चोटपटक समेत नदेखिएको स्थानीयले बताएका छन् । दोलखा प्रहरीले भने घटना वारे कुनै जानकारी प्राप्त नभएको बताएको छ ।