images
images

वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन

  • २६ पुष २०८२, शनिबार ०७:५४

काठमाडौं । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।

उपचारका लागि काठमाडौंको वीर अस्पतालमा लगिँदै गर्दा हिजो साँझ उनको निधन भएको हो ।  दाहाल पत्रकारका साथै नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, ओखलढुंगा जिल्लाबाट निर्वाचित पूर्वसांसद, पूर्वमन्त्री र नेपाल पत्रकार महासंघका पूर्वसभापति पनि थिए। ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए ।

दाहालकोे पार्थिव शरीरलाई बिहान साँढे ९ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् । दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ रहेकी छिन् । दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु रहेका छन् ।