images
images

सिन्धुपाल्चोकका एक पुरुष २० वर्षपछि पक्राउ

  • २७ माघ २०७८, बिहीबार ०८:०६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष मानव बेचविखन तथा ओसारपसार मुद्धामा फरार रहेको २० वर्षपछि पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ का ५० वर्षिय चोपनाथ नेपाललाई प्रहरीले फरार रहेको २० वर्षपछि पक्राउ गरेको हो । सिन्धुपाल्चोक जिल्ला अदालतले मानव बेचविखन तथा ओसारपसार मुद्धामा उनीमाथि २०५८ साल पुस १६ गते एक वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । अदालतको सो फैसला लगत्तै फरार रहेका उनलाई सिन्धुपाल्चोककै कुविन्डेमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिइएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार कार्यालय चौतारा चलान गरिएको छ ।