images
images

नेकपा माओवादी केन्द्रमा दोलखाका पाँच जना केन्द्रिय सदस्य, चार वैकल्पिक

  • २७ माघ २०७९, शुक्रबार १८:१८

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाका ९ जना नेता केन्द्रीय कमिटीमा समेटिएका छन् ।

माओवादी केन्द्र दोलखाका ५ नेता केन्द्रिय सदस्य र ४ जना वैकल्पिक केन्द्रिय कमिटीमा समेटिएका हुन् । माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानो जिम्मेवारीलाई यथावत् राख्दै केहीलाई नयाँ जिम्मेवारी तोकेको हो । जसअनुसार दोलखाका नेताहरु गंगा कार्की, देवी खड्का, मुक्तिनारायण प्रधान र नविन जिरेलको जिम्मेवारी यथावत् राखिएको छ । चारैजना यस अघि नै केन्द्रिय सदस्यको जिम्मेवारीमा छन् । माओवादी केन्द्रका युवा नेता एबम् पूर्ब वन तथा वातावरणमन्त्री विशाल खड्कालाई वैकल्पिक केन्द्रिय सदस्यबाट बढुवा गरी केन्द्रिय सदस्य र दोलखा जिल्लाको ईज्चाजकोे जिम्मेवारी दिइएको छ ।

यस्तै, माओवादी केन्द्र दोलखाका संस्थापक नेता शंकर लामा, प्रेस सेन्टर नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष वलराम थापा लाई वैकल्पिक केन्द्रिय सदस्यमा यथावत् राखिएको छ । थापा र लामा यसअघि नै वैकल्पिक केन्द्रिय सदस्य बनेका थिए । दोलखाबाट नेकपा माओवादी केन्द्रका पूर्ब जिल्ला संयोजक गोपाल पाण्डे र नेता नरबहादुर पाख्रिन पनि केन्द्रिय कमिटीमा परेका छन् । पाण्डे र पाख्रिनलाई वैकल्पिक केन्द्रिय सदस्यको जिम्मेवारी दिईएको छ ।