images
images

काठमाडौँमा दुई समुहबीच झडप, काभ्रेपलाञ्चोकका युवकको छुरा प्रहार गरि हत्या

  • २८ माघ २०८१, सोमबार १४:५३

काठमाडौँ । काठमाडौँमा दुई समुहबीच झडप हुँदा काभ्रेपलाञ्चोक घर भएका एक युवकको मृत्यु भएको छ ।

दुई समुहबीच आज बिहान भएको झगडाका क्रममा काभ्रेपलाञ्चोक घर भएका २२ वर्षीय अमृत कार्कीको मृत्यु भएको हो । कार्कीको काठमाडौँको चाबहिलस्थित कुमारी गालमा छुरा प्रहार गरि हत्या भएको प्रहरी वृत्त गौशालाका प्रहरी अधिकृतले जनाएका छन् ।

प्रहरीले घटना लगत्तै हत्याको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएका छ । घटनाको विषय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ ।