
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दायर भएको छ ।
गिरीबन्धु टी स्टेटबारे सर्वाेच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलिविरुद्ध अवहेलना मुद्धा दायर भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले ओली नेतृत्वको सरकारले सर्वाेच्चको फैसला कार्यान्वयन गर्नुको सट्टा भूमीसम्बन्धी अध्यादेश ल्याएर सर्वाेच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अवहेलनासम्बन्धी मुद्धा दायर गरेका हुन् । निवेदनमा प्रधानमन्त्री ओली र भूमी व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाईएको छ । सर्वाेच्च प्रशासनले सो निवेदन दर्ता गरि फागुन ४ गतेका लागि पेसी तोकेको छ ।
सर्वाेच्च अदालतको संवैधानिक ईजलासले २०८० माघ २४ मा गिरीवन्धु सम्बन्धी मुद्धाको फैसला गरेको थियो । सो क्रममा सर्वाेच्चले जग्गासँग सम्बन्धित तीन वटा आदेश जारी गरेको थियो ।