images
images

जिरी र रामेछापका अस्पतालमा प्रशुति शल्यक्रिया सेवा सुरु, चार जिल्लाका महिला लाभान्वित हुने

जिरी (दोलखा) । दोलखाको जिरी र रामेछापमा रहेका सरकारी अस्पतालहरुले एकै पटक जटिल प्रशुति शल्यक्रिया लगायतको सेवा सञ्चालमा ल्याएको छ ।

स्थानीय अस्पतालमै शल्यक्रियाको माध्यमबाट प्रशुति समेत गराउन नमिल्ने भएपछि नागरिकहरु समस्यामा परिरहेको बेला हाल एकै पटक तीन वटा अस्पतालले शल्यक्रिया सेवा सुचारु गरेका छन् । यही फागुन महिनादेखि दोलखाको जिरी नगरपालिकामा रहेको जिरी अस्पताल, रामेछापस्थित जिल्ला अस्पताल रामेछाप र मन्थली अस्पतालले शल्यक्रिया सहितको प्रशुति सेवा लगायत अन्य स्वास्थ्य उपचार सेवा थप गरी सञ्चालनमा ल्याएका छन् ।

यसअघि केही वर्ष यता रामेछाप र जिरी अस्पतालमा शल्यक्रिया लगायतका सेवा बन्द रहँदा शल्यक्रियाको माध्यमबाट प्रशुति गराउन समेत नागरिकहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था थियो भने स–साना स्वास्थ्य समस्या लिएर पनि राजधानी सम्म धाउनुपर्ने अवस्था थियो । अव जिल्ला–जिल्लामै रहेका अस्पतालहरुले जटिल शल्यक्रिया सहित अन्य स्वास्थ्य उपचार सेवा थप गरेपछि स्थानीयलाई सहज हुने भएको छ । यसअघि जिरी र रामेछापका अस्पतालहरुको सेवा खस्किँदै जाँदा रामेछाप, जिरी नगरपालिका, ओखलढुंगा र सिन्धुलीका केही स्थानीय तहका नागरिकहरु स्थानीयस्तरमै राम्रो उपचार सेवा पाउनबाट बञ्चित भएका थिए । यही फागुन १ गतेदेखि जिरी अस्पतालमा शल्यक्रिया सेवा सुरु भएपछि हालसम्म एक दर्जन बढी महिलाको शल्यक्रियाको माध्यमबाट प्रशुति गरिएको अस्पतालले जनाएको छ । अस्पतालले अन्य एपेन्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायतका शल्यक्रिया सेवा सुरु गरेपनि शल्यक्रियाको माध्यमबाट प्रशुति गराउने बिरामी अस्पतालमा बढी पुग्ने गरेका छन् ।

यसअघि केही वर्ष यता रामेछाप र जिरी अस्पतालमा शल्यक्रिया लगायतका सेवा बन्द रहँदा शल्यक्रियाको माध्यमबाट प्रशुति गराउन समेत नागरिकहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था थियो भने स–साना स्वास्थ्य समस्या लिएर पनि राजधानी सम्म धाउनुपर्ने अवस्था थियो । अव जिल्ला–जिल्लामै रहेका अस्पतालहरुले जटिल शल्यक्रिया सहित अन्य स्वास्थ्य उपचार सेवा थप गरेपछि स्थानीयलाई सहज हुने भएको छ ।

यस्तै, जिल्ला अस्पताल रामेछाप र मन्थली अस्पतालले लामो समयपछि यही महिनाबाट शल्यक्रिया सहितको आकस्मिक प्रशुति सेवा सुरु गरेका छन् । जिल्ला अस्पताल रामेछापले गत सोमबारबाट शल्यक्रिया सेवा सुचारु गरेको हो । अस्पतालका अनुसार सेवा सञ्चालन भएपछि पहिलो पटक ओखलढुंगाको लिखु गाउँपालिका २ का २० वर्षीया रीता कार्कीको शल्यक्रियाको माध्यमबाट सफल प्रशूति भएको थियो । त्यसपछि शल्यक्रियाको माध्यमबाट महिलाहरुको धमाधम अस्पतालमा प्रशूति हुन थालेको हो ।

यसअघि जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालले चिकित्सकको अभावमा लामो समयदेखि बन्द भएको जटिल प्रशूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र पुनः सञ्चालनमा ल्याएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई मन्थली अस्पतालमा स्तरोन्नति गरेसँगै शल्यक्रिया सहितको प्रसूति सेवा सुचारु भएको हो । मन्थली अस्पतालमा अब जटिल बाहेक सबै उपचार सेवा सञ्चालन आएको छ । २०७३ वैशाखबाट सुरु भएको यो सेवा चिकित्सकको अभावमा पटक–पटक बन्द र सुचारु हुँदै आएको छ ।

जिल्लामा दुई सरकारी अस्पतालबाट शल्यक्रिया सहितको आकस्मिक प्रशुति सेवा सञ्चालनमा आएपछि जिल्लाका नागरिकका लागि धेरै सहज भएको मन्थली नगरपालिकाका स्वास्थ्य संयोजक केशवराज फुयालले जानकारी दिनुभयो ।