images
images

संखुवासभामा बस दुर्घटनाः १० जनाको मृत्यु

  • २६ फाल्गुन २०७८, बिहीबार ०९:३३

संखुवासभा । संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे संखुवासभाको मादी नगरपालिकामा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । प्रहरीका अनुसार बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।