
दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रको भ्रमणमा आएका एक पर्यटन मजदुरको खोलामा खसेर मृत्यु भएको छ ।
विदेशी पर्यटकसँगै सहयोगीकोरुपमा आएका तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय सुकबहादुर गुरुङको खोलामा खसेर मृत्यु भएको हो । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ स्थित डोङनाङमा रहेको खोलामा मुख धुन जाने क्रममा चिप्लिएर खोलामा खस्दा उनको मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको आज विहानै मृत्यु भएपनि घटनाको जानकारी ढिलोगरी प्राप्त भएको हो ।
९ जना विदेशी सहित ३९ जनाको समुहमा आएका उनको मृत्यु भएको छ । गुरुङ र उनका बुबा पनि सोही समुहमा भ्रमणका लागि आएको प्रहरीले जनाएको छ । बावुछोरा नै विदेशी पर्यटकको भरियाका रुपमा सो क्षेत्रमा आएका थिए । मृतक गुरुङको शव हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको प्रहरी निरिक्षक कोइरालाले बताउनुभयो ।