images
images

भ्रष्टचार मुद्धामा पुर्वमन्त्रीलाई साँढे ९ वर्ष कैद सजायको फैसला

  • २६ फाल्गुन २०७९, शुक्रबार ०८:३२

काठमाडौं । विशेष अदालतले भ्रष्टचार मुद्धामा पुर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई साँढे ९ वर्ष कैद सजाय सुनाएको छ ।

भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा न्यौपानेलाई अदालतले कैदका साथै दुई करोड ४३ लाख ६८ हजार बिगो र सोही बराबरको जरिवाना हुने आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्धय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले विहिवार सजाय निर्धारण गरेको हो । सोही इजलासले फागुन १६ गते १४ जना प्रतिवोदीमध्ये ९ जनालाई दोषि ठहर गरेको थियो भने पाँच जनालाई कसुरबाट सफाई दिएको थियो ।