images
images

बागमती प्रदेशः राजस्व बढाउन कार्यदल बनाएर अध्ययन गर्ने

  • २६ फाल्गुन २०८१, सोमबार ०७:५६

काठमाडौँ । बागमती प्रदेश सरकारले राजस्व बढाउन कार्यदल बनाएर अध्ययन गर्ने भएको छ ।

प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आगामी आर्थिक वार्षिक बजेटमा कार्यान्वयन गर्ने गरी कार्यदल बनाएर आन्तरिक आय बढाउने र राजस्वको संकलनको क्षेत्र निर्धारणका लागि अध्ययन गर्ने भएको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्व चुहावट, संकलन व्यवस्थापन तथा दर र दायरालाई व्यवहारिक तथा वैज्ञानिक बनाउने गरी कार्यदल बनाएर काम गर्ने मन्त्रालययका सचिव कृष्ण प्रसाद मैनालीले जानकारी जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारलाई स्रोतहरुको अनुकूल प्रयोग, कर नीति सुधार र आर्थिक प्रणालीलाई मजबुत बनाउन मद्धत पुग्ने गरी कार्यदलले अध्ययन प्रतिवेदन तयार पार्नेछ । कार्यदलले अध्ययनमा सम्भावित कर संरचना सुधार, व्यापारिक गतिविधिहरूको प्रोत्साहन र आर्थिक स्रोतहरूको उत्तम व्यवस्थापनका उपाय समेटिने छ ।