
काठमाडौँ । भक्तपुर स्थित हनुमन्ते खोलामा रामेछापका युवकको शव फेला परेको छ ।
भक्तपुर नगरपालिका १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा रामेछापको गोकुलगंगा गाउँपालिका ५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको शब फेला परेको हो । शनिवार फेला परेको शब आज मात्रै पहिचान भएको हो । मृतककी दिदी सम्पर्कमा आई शवको पहिचान गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । ती युवकको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।