भक्तपुर । काठमाडौंमा आज वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।
काठमाडौंको वायु गुणस्तर इन्डेक्स एक्यूआई २ सय ६ पुगेको हो । एक्यूआइ १ सय ५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ भने २ सय माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । काठमाडौं आज समग्रमा विश्वकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ ।
पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् । दिल्ली र ढाका दुवैमा वायु प्रदूषण निकै अस्वस्थको तह पार गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदूषण बढेपछि सचेत रहन सबैलाई आग्रह गरेको छ ।










