images
images

भुटानका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई, नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता

  • २६ फाल्गुन २०८२, मंगलवार १२:०१

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई भुटानका प्रधानमन्त्रीले बधाई दिएका छन् ।

भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा उनीहरुलार्ई बधाई दिएका हुन् ।उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।

प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् । साथै आगामी नयाँ सरकारसँग मिलेर काम गर्न भुटान तयार रहेको प्रधानमन्त्री तोब्गेले बताएका छन् ।