images
images

नेकपाले रुकुमपूर्वबाट समानुपातिकतर्फ अत्याधिक मत पायो, एमाले दोस्रो

  • २६ फाल्गुन २०८२, मंगलवार १२:३६

भक्तपुर । रुकुमपूर्वबाट नेकपाले समानुपातिकतर्फ पनि अत्याधिक मत पाएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले अत्यधिक बहुमत सहित प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको रुकुमपूर्वबाट नेकपाले समानुपातिकतर्फ अत्याधिक मत पाएको हो । निर्वाचन आयोगका अनुसार रुकुमपूर्वबाट नेकपाले ९ हजार ४ सय ४३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको एमालेले ३ हजार ३ सय २९ भोट पाएको छ ।

यो क्षेत्रबाट कांग्रेसले २ हजार ८ सय ७० मत प्राप्त गर्दा रास्वपाले समानुपातिकतर्फ १ हजार ९ सय ७० मत मात्रै ल्याएको छ। रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका थिए।

प्रचण्डले १० हजार २४० मत पाउँदा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका थिए।