images
images

किन अर्थमन्त्री खनालले रातो पासपोर्ट फिर्ता गरे ?

  • २६ फाल्गुन २०८२, मंगलवार १३:३५

भक्तपुर । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।

अन्तरिम सरकारमा अर्थमन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै आज राहदानी फिर्ता गरेका हुन् । मन्त्री खनालले मन्त्रालय अन्तर्गत प्रशासन महाशाखालाई पत्रसहित रातो पासपोर्ट बुझाएको जानकारी गराएका छन् ।

अर्थमन्त्री खनालले चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा पुगे लगत्तै रातो पासपोर्ट लिएका थिए । अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कुटनितिक राहदानीको प्रयोजन समाप्त भएकाले फिर्ता गरेको मन्त्री खनालले बताएका छन् ।