images
images

काभ्रेपलाञ्चोकमा बम विस्फोट हुँदा एक गम्भीर घाइते

  • २७ चैत्र २०७८, आईतवार १३:४६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा बम विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बनेपा नगरपालिका २ को घिमिरे गाउँमा बम विस्फोट हुँदा स्थानीय मोहन विक गम्भीर घाइते भएका हुन् । नेपाली सेनाले अभ्यासका क्रममा मिस फायर भएको बम घरमा ल्याएर तताउँदा बिस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयोे ।

उहाँका अनुसार घाइतेको अनुहारमा चोट लागेको र उनलाई उपचारका लागि बि एण्ड बी अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।