images
images

हलो बनाउन जंगलमा गएका एक पुरुषको रुखले किचेर मृत्यु

  • २७ चैत्र २०७८, आईतवार १६:२५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुषको हलो बनाउनका लागि काठ काट्ने क्रममा रुखले च्यापेर मृत्यु भएको छ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर ५ का ६६ वर्षिय पेम्बा वाङदी तमाङको आज दिउँसो रुखले च्यापेर मृत्यु भएको हो । हलो बनाउनका लागि घर नजिकै रहेको जंगलमा रुख काट्ने क्रममा उनलाई सोही रुखले किचेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, नायव उपरिक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार रुखले किचेर घटनास्थलमै मृत्यु भएका उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ ।