images
images

वैतेश्वर गाउँपालिकामा कार्यरत सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई बोर्डिङमा पढाउन नपाउने

  • २७ चैत्र २०७९, सोमबार ०८:०७

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा सरकारी स्रोतबाट तलब बुझ्ने कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ ।

गाउँकार्यपालिकाको हिजो बसेको बैठकले सरकारी स्रोतबाट तलब बुझ्ने जनप्रतिनिधि लगायतका कर्मचारीले शैक्षिक सत्र २०८० देखि आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । पालिकाको यो निर्णयसँगै वैतेश्वरमा सरकारी तलब खानेले आफ्ना छोराछोरीलाई बोर्डिङमा पढाउन नपाउने भएका छन् । गाउँकार्यपालिकाको बैठकपछि प्रमुख प्रशासकिय अधिकृत ऋषिराम ज्ञवालीले हस्ताक्षर गरी जारी गरेको सुचनामा पालिकाभित्र काम गर्ने निजामति कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता, सामुदायिक सिकाई केन्द्रका परिचालकहरु लगायत राज्यकोषबाट तलब बुझ्ने अन्य कर्मचारीले चालु शैक्षिक सत्रदेखि अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय भर्ना गर्नुपर्ने उल्लेख छ ।

सामुदायिक विद्यालयको स्तर खस्किएको भन्ने अभिभावक गुनासोपछि गाउँपालिकाले सरकारी कर्मचारीले अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको हो । यसबाट सामुदायिक विद्यालयको स्तर बृद्धि हुने गाउँपालिकाले अपेक्षा गरेको छ ।