
दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा फोहोर जलाउने क्रममा आगो सल्क्दिा एक घर जलेर नष्ट भएको छ ।
शैलुङ गाउँपालिका ८ पैंती कात्तिकेका गोपाल कार्कीको घर आगलगाीबाट जलेर पुर्ण रुपमा नष्ट भएको हो । हिजो दिउँसो घर नजिकै फोहोर जलाउने क्रममा कार्कीको घरमा आगलागी भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । आगलागीबाट सात तोला सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत नष्ट हुँदा करिव २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
एक तले ढुंगा माटोको घर जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको हो । दिउँसोदेखि लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर पुर्ण रुपमा जलेपछि कार्कीको परिवार छिमेकीको शरणमा बसेका छन् ।