images
images

काभ्रेपलाञ्चोकमा छात्रालाई अश्लिल सामाग्री देखाउने शिक्षकलाई एक वर्ष कैद सजाय

  • २७ चैत्र २०७९, सोमबार १५:४६

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले छात्रालाई अश्लिल सामाग्री देखाएको अभियोगमा एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

अदालतले महाभारत गाउँपालिका ३ स्थित सिद्धेश्वर माध्यामिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टले छात्रालाई अश्लिल सामाग्री देखाएको अभियोगमा एक वर्ष तीन महिना कैद र १५ हजार जरिवानाका साथै चार सय पीडीत राहतकोषमा जम्मा गर्न आदेश दिएको हो । प्रमुख जिल्ला न्यायधीश मोहनराज भट्टराईको इजलासले आज यस्तो आदेश दिएको हो । यस्तै अदालतले पीडीत २७ जना बालबालिकालाई जनही १० हजारका दरले क्षतिपुर्ति भराउने फैसला गरेको छ । अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्राछात्रलाई शिक्षक विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लिल अडियो देखाएको अभियोग पुष्टि भएको थियो ।

बालयौन दुव्र्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो । २०७८ साल फागुन १२ गते भएको सो घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धीत सामाग्री विद्यार्थीलाइृ देखाएको बयान दिएका थिए । यसअघि धरौटीमा रिहा भएका विष्ट हाल फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।