
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो । आचार्य नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष र न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष रहनुभएको छ । यसअघि आचार्य २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहाकारमा नियुक्त हुनुभएको थियो । आचार्यको विभिन्न मिडियामा लामो समय आवद्ध भई काम गरेको अनुभव छ ।
यस्तै प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरी तिमिल्सेना र प्रेस संयोजकमा सुर्यकिरण शर्मा नियुक्त भएका छन् ।