
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार आउँदैै गरेको बस काभ्रेपलाञ्चोककोे रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । प्रदेश ३–०१ –००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ । पानी परेको कारण चिप्लो बाटोमा ब्रेक नलाग्दा बस चिप्लएर खाँदबारीबाट काठमाडौं जाँदै गरेको मे १ ख ३३९४ नम्बर को मिनी बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।बसमा सवार १५ जना मध्ये ११ जना घाइते भएका छन् ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ का ७३ वर्षीया सुन्तली बिक गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।
यस्तै सोलुखुम्बु लिखुपिकै ७० वर्षीय छत्र बहादुर बिक, रामेछापको मन्थली नगरपालिका–९ का ३४ वर्षीय रामसरण बिक, गोकुलगंगा गाउँपापलिका–१ का २७ वर्षीय पुजन श्रेष्ठ, गोकुलगंगा गाउँपालिका–५ का ३५ वर्षीय पदम सुनुवार, बाम्ति भण्डारका ५० वर्षीय ङावा शेर्पा, उनका छोरा १० वर्षीय ङिमा शेर्पा, काभ्रपलाञ्चोकको बनेपा नगरपालिका–१३ का ३३ वर्षीया सिता श्रेष्ठ र काठमाण्डौको नागार्जुन नगरपालिका–९ का ३५ वर्षीय कुमुद देबकोटा घाईते भएका हुन् । घाइते भएका उनीहरुलाई उपचारको लागि प्राथमिक स्वाश्यकेन्द्र मंगलटारमा पठाईएको छ।
घाईते मध्ये गोकुलगंगा गाउँपालिका–३ का २० वर्षीया सुजता सुनुवार र भक्तपुर चागुनारायण नगरपालिका–४ का ६२ वर्षीय जनक बुढाथोकी डिस्चार्ज भैसकेका छन् ।
बस सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । बस चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ ।