
काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुन एकैदिन तोलमा ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मुल्य प्रतितोला १ लाख ७५ हजार ४ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसीय महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यस्तै चाँदीको मुल्य पनि बढेको छ । चाँदी आज ६५ रुपैंयाले बढेर १ हजार ९ सय रुपैंयामा कारोवार भैरहेको महासंघले जनाएको छ ।