images
images

नेपाल बार एसोसियनमा विजयप्रसाद मिश्रको प्यानल विजयी

  • २८ चैत्र २०८१, बिहीबार १२:५७

काठमाडौं । नेपाल बार एसोसियनको २७ औं केन्द्रिय कार्यसमितिमा प्रा।डा विजयप्रसाद मिश्रको प्यानल विजयी भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यान लोकतान्त्रिक, प्रगतिशिल, पेशागत, राष्ट्रवादी एवंम् समावेशी कानुन व्यवसायी समूहले क्लिनस्विप गरेको हो । अध्यक्षमा मिश्रले प्रतिद्धन्द्धी नेकपा माओवादी निकट व्यवसायि कानुन व्यवसायि समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई २ हजार ४ सय ३१ मतान्तरले पराजित गरेका छन् । मिश्रले ५ हजार मत पाउँदा श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गरेका थिए ।

यस्तै महासचिवमा मिश्र प्यानलकै केदार प्रसाद कोईराला श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी यज्ञमणि न्यौपानेलाई पराजित गर्दै विजयी भएका हुन् । मिश्र प्यानकै उम्मेदवार कोईरालाले ४ हजार ८ सय ७४ मत प्राप्त गर्दा उनमा निकटतम प्रतिद्धन्द्धी यज्ञ मणि न्यौपानेले २ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए ।

मिश्र प्यानबाट उपाध्यक्षहरुमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूपश्चिमबाट सिद्धराज ओझा र महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भएका छन् ।