images
images

हिमाल आरोहणका लागि सोलुखुम्वु पुगेका विदेशी नागरिकको लडेर मृत्यु

सोलुखुम्वु । सोलुखुम्वुमा भीरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।

जिल्लाको माप्य दुधकोशी गाउँपालिका ७ स्थित सिबुचे भीरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको हो । बेल्जियमका ६४ वर्षीय आन्द्रे डेक्लियरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । उनी मेरापिक हिमाल आरोहणका लागि सोलुखुम्वु पुगेको माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।