
काठमाडौँ । अनलाईन ठगीको घटना बढ्दै गएपछि नेपाल प्रहरीको साईबर व्युरोले सचेत रहन अनुरोध गरेको छ ।
व्युरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाईएको लिंक क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र आफ्नो मोबाईल, ल्यापटप लगाएतका उपकरणमा कुनै पनि सफ्टवेयर ईन्स्टल नगर्न सुचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाईन ठगी गर्ने क्रम बढेको छ ।
अनलाईन माध्यमबाट लोन भुक्तानी गर्ने तथा सेयर बजारसम्बन्धी तालिम लिन सकिने र त्यसका लागि लिंक खोलेर आवश्यक सफ्टवेयर ईन्स्टल गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत अवैध लिंक पठाएर ठगी गर्ने गरेको पाईएको व्युरोका प्रहरी उपरीक्षक दीपकारज अवस्थीले जानकारी दिनुभयो ।