images
images

भारतको आसामवाट पक्राउ परे दुर्गा प्रसाईं, काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै

  • २८ चैत्र २०८१, बिहीबार २१:४०

काठमाडौं काठमाण्डौमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्

भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन् प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपालल्याइँदै छ।

तर, प्रसाईको सचिवालयले भने प्रहरीले प्रसाईलाइ पक्राउ गरेको नभई सुरक्षाका लागि आफैआसाम प्रहरीको सम्पर्कमा पुगेको दावी गरेको छ । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको

अहिले घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँभारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको ’, उनको सचिवालयले बिहीबार रातिफेसबुकमार्फत भनेको  

हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको आजउपस्थित भएको सचिवालयको भनाइ

गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेकाप्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्टगर्दै आफू फरार नरहेको बताउँदै आएका थिए

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड आगजनी भएको थियो