काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनिति बनाएको छ ।
आगामी जेठ ५ गते देशभरका स्थानिय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनिति बनाएको हो । ६ वटा महानगरपालिका र उपमहानगरपालिकाको गणनामा केही चुनौति रहेपनि अधिकतम जनशक्ति खटाएर छिटो भन्दा छिटो मतगणना गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।