दोलखा । स्थानिय तह निर्वाचनमा दोलखाको विगु गाउँपालिकामा दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ ।
अबको तीन दिनपछि अर्थात् वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा विगु गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट अध्यक्ष पदमा सञ्जिव ओली र नेकपा एमालेको तर्फबाट अछुतम केसीबिच प्रतिस्पर्धा हुने भएको हो । २०७४ सालको स्थानिय तह निर्वाचनमा विगु गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका ओलीले निर्वाचनमा सहजै जित हात पार्ने दावि गरिरहँदा एमालेलाई भने आफ्नो शाख कसरी जोगाउने भन्ने चुनौति छ ।
उनीहरु यतिबेला आ–आफ्नो एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । विगु गाउँपालिकामा स्थानिय तह निर्वाचनका लागि अध्यक्ष देखि वडासदस्य सम्म १ सय ५५ जनाको उम्मेदवारी परेको छ । जसअनुसार गाउँपालिका अध्यक्षका लागि ११ जना चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको तर्फबाट अध्यक्ष पदमा ओली, एमालेको तर्फबाट केसी, राप्रपाबाट देवेन्द्र खड्का र दावा छिरी शेर्पाले गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । अन्य ७ जना भने स्वतन्त्र उम्मेदवार हुन् । यीमध्ये गठबन्धनका साझा उम्मेदवार ओली र एमालेका केसीबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।
स्थानिय तह निर्वाचनमा दोलखाको विगु गाउँपालिकामा दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ ।अबको तीन दिनपछि अर्थात् वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा विगु गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट अध्यक्ष पदमा सञ्जिव ओली र नेकपा एमालेको तर्फबाट अछुतम केसीबिच प्रतिस्पर्धा हुने भएको हो । २०७४ सालको स्थानिय तह निर्वाचनमा विगु गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका ओलीले निर्वाचनमा सहजै जित हात पार्ने दावि गरिरहँदा एमालेलाई भने आफ्नो शाख कसरी जोगाउने भन्ने चुनौति छ ।
विगु गाउँपालिकाको उपाध्यक्षका लागि ३, वडाध्यक्षमा ३४, महिला सदस्यका लागि २८, दलित महिला सदस्यका लागि २३ जना चुनावी प्रतिस्पर्धामा रहेको विगु गाउँपालिकाका निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिनुभयो । विगुको उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका आङनिमा शेर्पाको उम्मेदवारी परेको छ भने एमालेबाट देवीका थामीको उम्मेदवारी परेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सम्झना ठकुरीले उम्मेदवारी दिएकी छिन् । विगुमा गठबन्धनले साझा उम्मेदवार उठाउँदा एमाले भने एक्लिएको छ ।
यो पालिकाको वडाध्यक्षका लागि वडा नम्बर १, २ र ६ मा ४/४ जनाको उम्मेदवारी परेको छ भने वडा नम्बर ३ मा ६ जना, वडा नम्बर ४ र ७ मा ५/५ जना तथा वडा नम्बर ५ र वडा नम्बर ८ मा ३/३ जना बिच चुनावी प्रतिस्पर्धा हुँदैछ । विगुमा गठबन्धन बलियो देखिन्छ भने एमाले निकै कमजोर देखिएको छ ।