images
images

मतदाता परिचयपत्र हराएकाले नागरिकताको आधारमा भोट हाल्न पाउने

  • २७ बैशाख २०७९, मंगलवार १८:२३

काठमाडौं । मतदाता परिचयपत्र नभएकाहरुले पनि भोट हाल्न पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरुले निर्वाचनमा भोट हाल्न पाउने भएका हुन् । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा मतदाता परिचयपत्र हराएकाहरुले के गर्ने भन्नेमा द्धिविधा थियो । नागरिकताकै आधारमा मतदाता परिचयपत्र बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने आयोगले जनाएको छ । मतदाताको नामावलीको पुर्व सर्त भनेको नै नागरिकता भएकाले उनीहरुलाई मतदान गर्ने व्यवस्था मिलाइएको हो ।

यस्तै निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारवार्ही गर्नसक्ने अधिकार दिएर विभिन्न १९ वटा उच्चस्तरीय टोली परिचालन गरेको छ । तुलनात्मक रुपमा संवेदनशिल स्थानहरुमा त्यस्तो टोली परिचालन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सो टोलीलाई मान अवधिमा पैसा बाँडे तत्काल एक्सन लिन भनिएको छ ।