images
images

दोलखामा मतदानको दिन सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक

  • २७ बैशाख २०७९, मंगलवार १८:५५

जिरी (दोलखा) । दोलखामा बैशाख ३० गते निर्वाचनको दिन सार्वजनिक तथा निजी सवारीका साधन चलाउन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आज सुचना जारी गर्दै बैशाख ३० गते सार्वजनिक तथा निजी सवारीका साधन बन्द रहने जानकारी गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाद्धारा हस्ताक्षरित सुचनामा मतदानको दिन विहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म शव बाहन, एम्बुलेन्स, दमकल, अस्पताल, विद्युत, खानेपानी, दुरसञ्चार, जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेक अन्य सम्पूर्ण यातयातका साधनहरु बन्द रहने उल्लेख छ ।

त्यस विपरित सवारी साधन सञ्चालन भएको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।